पार्टी विभाजनविरुद्ध हामी कानुनी र राजनीतिक लडाइँमा जान्छौँ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने बताएका छन् ।

जसपा विभाजनपछि आज पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीसमेत रहेका अध्यक्ष यादवले जसपा विभाजनपछि बनेको नयाँ दल असंवैधानिक भएको बताए ।

‘नयाँ दल दर्ता असंवैधानिक छ,’ यादवले भने, ‘त्यसविरुद्ध हामी अदालत जान्छौँ । कानुनी र राजनीतिक लडाई लड्छौँ ।’

यादव अमेरिका भ्रमणमा रहेकै बेला गएको सोमबार नेता अशोक राईले आफूसमेत सात जना सांसदलाई साथमा लिएर जसपा विभाजन गरेका हुन् ।

पार्टी विभाजनपछि अब उपेन्द्र यादवको पक्षमा ५ जना मात्रै सांसद छन् । जसपा विभाजनपछि गठन भएको राई नेतृत्वको जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले मान्यता दिइसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार