कनेक्ट आईपीएसमा स्कुलको शुल्क तिर्दा १० हजार छात्रवृत्ति पाउने अफर

कनेक्ट आईपीएसले स्कुलको शुल्क भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अफर सार्वजनिक गरेको छ ।

अफरअन्तर्गत २० जना भाग्यशाली विद्यार्थीले भुक्तानी गरेको रकम वा अधिकतम १० हजार रुपैयाँसम्मको छात्रवृत्ति रकम प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

३१ वैशाखसम्म कनेक्ट आईपीएसबाट स्कुलको शुल्क भुक्तानी गर्दा लागू हुने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

अफर समापन हुनासाथ विजेताको सूचना आधिकारिक वेबसाइटमा प्रकाशित गरिने र भुक्तानी गरिएको बैंक खातामै छात्रवृत्तिको रकम जम्मा हुने कम्पनीले बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार