भोलि बागमती प्रदेशमा सार्वजनिक बिदा

बागमती प्रदेश सरकारले वैशाख २४ गते सोमवार बागमती प्रदेशमा सार्वजनिक बिदा दिने भएको छ । बागमती प्रदेश सरकारले वैशाख २० गते प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक बिदा दिने भएको हो ।  

बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को वैशाख १२ गतेको बैठकको निर्णय अनुसार बिदा दिने भएको जारी सूचनामा उल्लेख छ । 

बैठकले नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा लागू हुने दिनको अवसरमा प्रदेशका सम्पूर्ण सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार