बढी रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक र आइएमई लिमिटेड सम्मानित

नेपाल राष्ट्र बैंकले बढी रेमिट्यान्स भित्र्याउने तीन बैंक र तीन रेमिट्यान्स कम्पनीलाई सम्मान गरेको छ । राष्ट्र बैंकले बैंकतर्फ सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउनेमा ग्लोबल आइएमई बैंक र रेमिट्यान्स कम्पनीतर्फ आइएमई लिमिटेडलाई सम्मान गरेको हो । 

आर्थिक वर्ष २०७९/०८० मा बैंकतर्फ बढी रेमिट्यान्स भित्र्याउनेमा ग्लोबल आइएमई बैंकले कुल विप्रेषणमा २१.१ प्रतिशत र आइएमई लिमिटेडले रेमिट्यान्स कम्पनीमार्फत् सबैभन्दा बढी २७.५ प्रतिशत भित्र्याएको छ ।  

बैंकहरूमार्फत आउने रेमिट्यान्समध्ये नेपाल एसबीआई बैंकले १९.१ प्रतिशत र हिमालयन बैंकले २०.६ प्रतिशत भित्र्याएको हो ।
त्यस्तै, बैंकबाहेकका रेमिट्यान्स कम्पनीहरूमा इसेवाले १२.१ प्रतिशत र सीटी एक्सप्रेसले १४.९ प्रतिशत रेमिट्यान्स भित्र्याएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार