जनता समाजवादी पार्टीको चुनाव चिह्न कस्सिएको मुठी

अशोक राईको नेतृत्वमा दर्ता भएको नयाँ दलको चुनाव चिह्न कस्सिएको मुठी राखिएको छ ।

आज निर्वाचन आयोगबाट दर्ता भएको दलको चुनाव चिह्न कस्सिएको मुठी रहेको सांसद तथा पार्टीकी उपाध्यक्ष सुशीला श्रेष्ठले जानकारी दिइन् ।

आयोगले जनता समाजवादी पार्टी, नेपालबाट विभाजित बनेको जनता समाजवादी पार्टीलाई आज दर्ताको प्रमाणपत्र दिएको छ ।

उपेन्द्र यादव नेतृत्वको जसपा, नेपाल विभाजन गरी राईले प्रतिनिधिसभाका सात सांसदसहित आइतबार दल दर्ताको निवेदन दिएका थिए ।

आयोगले २४ घण्टा पनि नपुग्दै दर्ताको प्रमाणपत्र दिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार