आज मिति २०८० साल फागुन ८ गते, मंगलबार, यस्तो छ तपाईको राशिफल

२०८० फागुन ८ गते | मंगलवार २० फेब्रुअरी २०२४। माघ शुक्लपक्ष एकादशी तिथि, १२ः०९ बजेपछि द्वादशी। आर्द्रा नक्षत्र, १४ः२७ बजेपछि पुनर्वशु। चन्द्रराशि मिथुन।

मेष : दैनिकी राम्रो छ। तपाईंको बोलीले समाजमा राम्रो प्रभाव पार्नेछ। परोपकार गर्ने मौका मिल्नेछ। नयाँ साथीसँगको भेटले मन खुशी हुनेछ। परिवारमा विश्वासको खडेरी हुनसक्छ। प्रेम सम्बन्धमा खटपटी हुनसक्छ।

वृष : गुम्न लागेको धन हात लाग्ने योग रहेको छ। साथी सकारात्मक छन्। लगानी रहेको क्षेत्रमध्ये वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। पारिवारिक क्षेत्रमा साथ र सहयोग रहनेछ। तपाईं धैर्य र सावधान रहन आवश्यक हुनेछ। तपाईंको पारिवारिक जीवन शान्त र सहयोगी रहनेछ। तपाईंको प्रेम जीवन स्थिर र वफादार रहनेछ।

मिथुन : समाजमा बोलीको प्रभावले अरुलाई मख्ख पार्न सकिनेछ। आर्थिक र सामाजिक क्षेत्र सबल छन्। पारिवारिक क्षेत्रमा साथ र सहयोग रहनेछ। अचानक रोगको प्रकोप बढ्नसक्छ। खानपानमा ख्याल गर्नु राम्रो हुन्छ।

कर्कट : दैनिकी राम्रो छ। संघर्ष गरेका क्षेत्रबाट सफलता मिल्नेछ। शिक्षाको लगानीमा फाइदा हुनेछ। परिवारले राम्रो साथ दिनेछन्। लामो यात्रा नगर्नु र यात्रा गर्नैपरे पश्चिम नजानु राम्रो हुन्छ।

सिंह : दैनिकी राम्रो छ। श्रमको लगानीबाट फाइदा हुनेछ। शिक्षामा सफलता प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारमा बढी माया देखाएमा आफ्ना कामको विरोध हुने देखिन्छ।

कन्या : दिन राम्रो छ। पारिवारिक घुमघामको समय छ। ज्ञान र सीप भएका साथीको साथ रहनेछ। आर्थिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट राम्रो आम्दानी हुनेछ। सामाजिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ।

तुला : दिन राम्रो छ। शिक्षाको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीमा खराब मानिससँग बचेर गर्नुपर्ने देखिन्छ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रतिस्पर्धीको आवाज शान्त रहेको छ। स्वस्थ्यमा सुधार हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ।

वृश्चिक : समय सामान्य छ। एउटा गलत कामको पर्खाइमा समाज लागि परेको देखिन्छ। बोली र व्यवहारमा सचेत हुनु राम्रो हुन्छ। गणेशको भजन सुन्नु राम्रो हुन्छ। दुबो चढाएमा दिन सफल बन्नेछ।

धनु : खर्च लागे पनि रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त होला। साथीभाइसँग भेटघाट हुनेछ। तर सरसापटमा केही रकम बाहिरिन सक्छ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ। आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला।

मकर : मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ।

कुम्भ : दिन सामान्य छ। आफूले आफ्नो विरोध सुन्नुपर्ने योग छ। परिवारमा एक्लो भएको महसुस हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षामा अल्छीपनले घाटा हुनेछ। भजन गर्नाले धेरै समस्याको समाधान हुनेछ।

मीन : परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। अरूको विश्वास गर्दा धोका हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। धेरै फाइदा नहुने काममा समय बित्नेछ। साथीभाइ टाढिन सक्छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार