आज मिति २०८१ साल बैशाख १३ गते, बिहीबार, यस्तो छ तपाईको राशिफल

२०८१ साल बैशाख १३ गते, बिहीबार, २५ अप्रिल २०२४। वैशाख कृष्णपक्ष प्रतिपदा तिथि, ६ः०३ बजेपछि द्वितीया। विशाखा नक्षत्र। चन्द्रराशि तुला, १९ः२६ बजेपछि वृश्चिक।

मेष : छोटो समयमा मनग्य फाइदा हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ।

वृष :प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ।

मिथुन : अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। 

कर्कट : केही पारिवारिक समस्या देखिए पनि आँटेको काम सम्पादन हुने समय छ। प्रयत्न गर्दा साथीभाइसँगको असमझदारी सम्झौतामा टुंगिनेछ। बुद्धिको उपयोगले समस्या सुल्घनेछ। अरूलाई समेत आफ्नो पक्षमा ल्याउन सकिनेछ, विवेकले काम लिने प्रयत्न गर्नुहोला। 

सिंह : व्यवसायमा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट लाभ हुनेछ। वैदेशिक क्षेत्रमा सचेत हुनु राम्रो हुन्छ।

कन्या : यात्रा सफल बन्नेछ। रोकिएको काम सञ्चालन हुने दिन छ। व्यापारमा नाफा कमाउने योग छ। विदेशमा भएको लगानीबाट फाइदा हुनेछ। साथीले सहयोग गर्नेछन्।

तुला : नयाँ कामको थालनी गर्ने दिन हो। लगानीका क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक सम्मान प्राप्त हुनेछ। विदेशको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

वृश्चिक : खुट्टा तान्ने धेरै भएकाले सचेत भएर काम गर्नुपर्ने देखिन्छ। प्रतिस्पर्धी परास्त हुने योग छ। शिक्षामा मानसम्मान र सामाजिक संस्थामा कदर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : नयाँ साधन खदिर गर्ने योग रहेको छ। अचानक लाभ प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ।

मकर : मन खुशी हुनेछ। आज एकपछि अर्को अवसर आउनाले मनमा प्रसन्नता छाउनेछ । घरमा अतिथिको आगमन हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

कुम्भ : न्यायको क्षेत्रमा सफलता प्राप्त गर्ने दिन छ। व्यापारमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। झुकेर भए पनि आफ्नो काम सफल पार्नुपर्ने देखिन्छ।

मीन : साथीको सहयोग प्राप्त हुनेछ। आफ्नो कुरा मात्र ठिक भन्ने शैलीले घाटा हुने देखिन्छ। साथीसँगको यात्रा हुने भएकाले दिन रमाइलो हुनेछ। परिवारको साथ मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार