आज मिति २०८१ साल बैशाख १० गते, सोमबार, यस्तो छ तपाईको राशिफल

२०८१ बैशाख १० गते , सोमबार २२ अप्रिल २०२४। चैत्र शुक्लपक्ष चतुर्दशी तिथि। हस्त नक्षत्र, २०ः०८ बजेपछि चित्रा। चन्द्रराशि कन्या।

मेष : आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता छाउनेछ ।

वृष : आज सफल यात्राको योग छ । कार्य सम्पादनमा सहजता र लाभ पनि मिल्नेछ, तर साँझमा पैसा खर्च हुने चोटपटकको भय छ सचेत रहनुहोला ।

मिथुन : महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो मायाले सताउला, तर शेयर बजारको कारोबारमा लाभ मिल्नेछ ।

कर्कट : शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा विवादको सामना गर्नुपर्नेछ। लामो यात्रामा नजानु राम्रो हुन्छ। न्यायपूर्वक गरेको श्रम र लगानीबाट सन्तोष मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको श्रमबाट फाइदा हुनेछ।

सिंह : व्यापारमा सफलता प्राप्त हुनेछ। लामो समयको संघर्षपछि तपाईंको उदय हुने दिन हो। थोरै बोलेर धेरै काम गर्नुपर्ने छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परिवारको साथ र सहयोग रहनेछ।

कन्या : धार्मिक यात्राको योग रहेको छ। शिक्षामा प्रगति हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। आलस्य त्यागेर काम गर्नु राम्रो हुन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : मिठो खाने अवसर मिल्नेछ। बलले भन्दा बुद्धिले धेरै काम गर्नुपर्नेछ। शिक्षामा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। यात्रा रमाइलो हुनेछ।

वृश्चिक : रोकिएको कामलाई निरन्तरता दिनु राम्रो हुन्छ। अरु सजिलै सफल बन्दा तपाईंले बढी श्रम गर्नुपर्ने हुनसक्छ। परिवारको साथ, सहयोग र माया प्राप्त हुनेछ। शिक्षा क्षेत्रमा उन्नति हुने योग छ। जागिरमा बढुवा हुनेछ।

धनु : पारिवारिक समस्याले सताउने योग छ। मासु, मदिरा र सुन्दरताको पछाडि नलाग्नु राम्रो हुन्छ। शिक्षा क्षेत्रमा गरेको लगानी सफल हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकर : अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । मित्रबाट विशेष सहयोग मिल्ला । परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ ।

कुम्भ : बोलीमा नम्रता र भावमा शुद्धता आवश्यक देखिन्छ। मनमा कुरा खेल्दै गर्दा काम गर्ने आँट नहुन सक्छ। तर परिवारसँगको सल्लाहमा गरेको काम सफल बन्नेछ।

मीन : शिक्षा क्षेत्रको लगानीमा फाइदा हुनेछ। परिवारको साथ र सहयोग रहनेछ। विद्याको क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ। परिवारमा रमाइलो भेटघाट हुनेछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार