आज मिति २०८१ साल बैशाख ११ गते, मंगलबार, यस्तो छ तपाईको राशिफल

२०८१ बैशाख ११ गते, मंगलबार २३ अप्रिल २०२४। चैत्र शुक्लपक्ष पूर्णिमा तिथि। चित्रा नक्षत्र। चन्द्रराशि कन्या, ९ः१९ बजेपछि तुला।

मेष : नयाँ कामको प्रस्ताव आउने सम्भावना छ। काममा साथ दिनेहरू पनि प्रशस्त फेला पर्नेछन्। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ।

वृष : श्रमको मूल्य प्राप्त हुनेछ। शेयरमा लगानी भए फाइदा हुनेछ। जग्गा जमिन र गहनाको कारोबार गर्दा फाइदा हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट लाभ हुनेछ।

मिथुन :सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। व्यापार बढ्नाले मनग्य धन लाभ हुनेछ। चिताएका काम सम्पादन हुनेछन्। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ।

कर्कट : हतारमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ, सजग रहनुहोला। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग पनि सावधान रहनुहोला। केही समस्या देखिए पनि आँटेको काम सम्पादन हुने समय छ।

सिंह : आर्थिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा खर्च गरेको धनबाट फाइदा हुनेछ। रमाइलो यात्रा हुेनछ। बौद्धिक व्यक्तिसँग संगत गर्ने योग छ।

कन्या : आफन्तसँग भेट हुनेछ। राम्रो कामको चर्चा सबैले गर्ने दिन छ। समस्या विस्तारै किनारा लाग्नेछन्। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : खर्च बढ्ने योग छ। निर्णय गर्न नसके परिवार र मनले खाएका मान्छेसँग सल्लाह लिनु राम्रो हुन्छ। पुरानो गल्तीले दुःख दिने जोखिम छ। परिवारको साथ र सहयोग निरन्तर मिल्नेछ।

वृश्चिक : व्यापारमा फाइदा हुनेछ। मनमा शान्ति मिल्नेछ। सामाजिक क्षेत्रमा गरेको लगानीले उचाई प्राप्त गर्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उपलब्धि हात लाग्नेछ। प्रेम सम्बन्ध
सुमधुर बन्नेछ।

धनु : नयाँ कामको चर्चा चल्नेछ। रोजगारीका नयाँनयाँ अवसर भेटिने छन्। सामाजिक क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ। परोपकार गर्ने मौका मिल्नेछ। अरुलाई प्रभावित पार्नसक्ने क्षमता देखिने छ।

मकर : कार्यक्षेत्रमा प्रगति हुनेछ। प्रतिस्पर्धी भाग्नेछन्। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट मन शान्त हुेनछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : सचेत भएर काम गर्नुपर्ने दिन छ। आफन्तले बदमासी गर्ने भएकाले धेरै सचेत हुनुपर्छ। आर्थिक र सामाजिक क्षेत्र अब्बल छन्। स्वदेशमै रोजगारीको अवसर सिर्जना हुनेछ।

मीन : समय राम्रो छ। जटिल सोचेको काम सहजै बन्नेछ। आर्थिक क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। सिर्जनात्मक क्षेत्रमा मन जानेछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार