आज मिति २०८१ साल बैशाख २१ गते, शुक्रबार, यस्तो छ तपाईको राशिफल

२०८१ बैशाख २१ गते, शुक्रबार, ३ मे २०२४। वैशाख कृष्णपक्ष दशमी तिथि। शतभिषा नक्षत्र। चन्द्रराशि कुम्भ।

मेष : नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा राम्रै नाफा उठाउन सकिनेछ। 

वृष : तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर दिलाउनेछ। काम देखाएर फाइदा लिने समय छ।

मिथुन : समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। 

कर्कट : अचानक रोगको प्रकोप देखा पर्नसक्छ। खानपानमा विशेष ख्याल गर्नु राम्रो हुन्छ। व्यवहार गर्दा आएका चुनौतीको समाधान हुनेछ। सम्मान प्राप्त हुनेछ। शिक्षामा लगानी गरेको भए उत्साह बढ्नेछ। परिवारमा भने शंकाउपशंका हुनसक्ने जोखिम देखिन्छ।

सिंह : परिवारको साथ र सहयोग मिल्नेछ। इच्छा अनुसार मिठो खानेकुरा प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीबाट उपलब्धि हात लाग्नेछ। पेट सम्बन्धी समस्या देखिने भएकाले खानपानमा विशेष ख्याल गर्नु राम्रो हुनेछ। लगानी भए व्यापारमा फाइदा हुनेछ। धैर्य भएर गरेको काम सफल बन्नेछ।

कन्या : लगानी र श्रमबाट उचित फल प्राप्त नहुने जोखिम छ। बोल्दा सोचेर बोल्नु राम्रो हुन्छ। स्वदेशको लगानीमा मन खुशी हुनेछ। विदेशको धनप्रति आकर्षण देखिँदैन। परिवार र प्रेम सम्बन्ध सुखमय बन्नेछ।

तुला : कुरा काट्ने सक्रिय हुनेछन्। आफ्नो श्रमको कदर नहुँदा मन उदास हुनेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीले उत्साह बढाउने छ। परिवारको साथ मिल्नेछ। धार्मिक मुद्दाले अगाडि बढ्न नसक्ने देखिन्छ।

वृश्चिक : शिक्षामा लगानी गरेको भए राम्रो नतिजा प्राप्त हुनेछ। स्वदेशमै गरेको श्रमले मनमा उत्साह थपिने छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। रोगले डेरा जमाउने दिन हो। खानपानमा विशेष ख्याल गर्नु राम्रो हुन्छ।

धनु : विद्या, बुद्धि र व्यापारको क्षेत्रमा फाइदा हुनेछ। वैदेशिक लगानीको क्षेत्रमा उन्नति हुनेछ। स्वास्थमा लाभ मिल्नेछ। परिवारमा सुख र शान्ति रहने योग छ। मन खुशी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : कुनै काम गर्नु परेमा परिवारको साथ लिनु राम्रो हुन्छ। पन्छीलाई चारो दिनु राम्रो हुनेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।

कुम्भ : सञ्चित धन खर्च हुनेछ। तीर्थ र पार्टी खाने नाममा खर्च बढ्नेछ। आफ्नै भनेकाहरुले कुरा काट्नेछन्। बिहानै शिवको भजन गरेमा शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : धन आर्जन गर्ने समय छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। प्रतिस्पर्धी शान्त रहनेछन्। खानपानमा सचेत नभएमा रोगको प्रकोप फैलिने खतरा छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार