बलात्कार आराेपमा ३५ वर्षीय कार्की पक्राउ

उदयपुर । ५५ वर्षिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका-६ गडमे बस्ने ३५ वर्षीय जिवन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

कार्कीले ती महिलालाई आफ्नै घरभित्र सुतिरहेको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार