इलाममा थप फराकिलो भयो सुहाङको अग्रता

प्रतिनिधि सभाअन्तर्गत इलाम २ को उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो अन्तरका साथ अग्रता बनाउँदै लगेका छन् ।

पछिल्लो मत परिणामअनुसार सुहाङले १६ हजार २१९ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले १० हजार ५५७ मत पाएका छन् । खड्काभन्दा नेम्बाङ ५ हजार ६६२ मतान्तरले अगाडि छन् ।

यस्तै, डकेन्द्रसिंह थेगिम (मुढा) ले ८ हजार ८२५ मत ल्याउँदा रास्वपाका मिलन लिम्बु (घण्टी)ले २ हजार ६४५ मत ल्याएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार