छत्तीसगढमा रोकिराखेको ट्रकमा पिकअप ठोकिँदा १० जनाको मृत्यु

भारतीय राज्य छत्तीसगढको बेमेत्रामा पिकअप गाडी रोकिराखेको ट्रकमा ठोकिँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन्, जसमध्ये धेरै जनाको अवस्था गम्भीर छ ।

बीबीसी हिन्दीका अनुसार बेमेटाराको पाथरा गाउँका करिब ३० जना मानिस पिकअपमा पारिवारिक समारोहबाट फर्किरहेका थिए । राति अबेर कठिया गाउँनजिकै पिकअप गाडी सडकमा रोकिराखेको ट्रकमा ठोक्किएको हो ।

जिल्ला अधिकारीले भनेका छन्, ‘ठक्कर यति भयंकर थियो कि नौ जनाको घटनास्थलमै मृत्यु भयो ।’ दुर्घटनामा १० जनाको मृत्यु र २२ जना घाइते भएको जिल्ला अधिकारीले बताए ।

घाइतेहरूलाई स्थानीय जिल्ला अस्पतालमा भर्ना गरिएको र गम्भीर अवस्थाका चार जनालाई एम्स, रायपुरमा भर्ना गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार