केजरीवाललाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनले जुन १ सम्मको अन्तरिक जमानत प्राप्त गरेका हुन् । सम्पत्ति शुद्धीकरण मुद्दामा उनी पक्राउ परेका थिए ।

न्यायाधीशहरु सञ्जीव खन्ना र दीपंकर दत्तको इजलासले सो आदेश दिएको हो । उनलाई जमानत दिने विषयमा ईडीले चर्को विरोध गरेको थियो । केजरीवाल हाल तिहाड जेलमा छन्। उनलाई मार्च २१ मा ईडीले पक्राउ गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार