१५ हजार रुपैयाँ घुस लिएको आरोपमा वडाअध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नं. २ का वडाअध्यक्ष उजेर अली विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

वडाअध्यक्ष अलीले घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

सो सम्बन्धी सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले अलीलाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित मिति २०८० चैत १८ गते नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा वडाअध्यक्ष अलीले घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको अख्तियारको ठहर छ ।

पक्राउ परेका अलीलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कैद सजाय तथा बिगो जरिवाना माग गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार