गाडी रोकेर सेतीमा नुहाउन गएका चालक डुबेर बेपत्ता

डोटी जिल्लाको शिखर नगरपालिका ८ लुवाखडीस्थित सेती नदीको किनारमा नुहाउने क्रममा सोमबार एक व्यक्ति डुबी बेपत्ता भएका छन् ।

धनगढीबाट अछामतर्फ जाँदै गरेको सू प प्र ०१–००१ ज १५३४ नम्बरको अल्टो कार लुवाखडीस्थित सडकमा रोकी चालक कैलालीको धनगढी उपमहानगरपालिका ३ बस्ने अन्दाजी ३८ वर्षका नरबहादुर तामाङ बेपत्ता भएका हुन् ।

बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डोटी समेतबाट प्रहरी टोली खटिई गई निजको खोजतलासका साथै आवश्यक अनुसन्धान भइरहेको प्रहीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार