अबदेखि अनलाइनबाटै विदेशी लगानी स्वीकृत हुने, ‘अटोमेटिक रुट’ सञ्चालन

उद्योग विभागले स्वचालित मार्ग (अटोमेटिक रुट) बाट विदेशी लगानी स्वीकृत गर्ने विद्युतीय प्रणाली सञ्चालनमा ल्याएको छ ।  

विभागले लगानी सम्मेलनलाई लक्षित गरेर अटोमेटिक रुट सञ्चालनमा ल्याएको विभागले जनाएको हो । अब लगानीकर्ताले उक्त प्रणालीमार्फत कुल पुँजी ५० करोड रुपैयाँसम्म हुने उद्योग व्यवसाय र विदेशी लगानी गर्न सकिने उद्योग व्यवसायका क्षेत्रमा आवेदन दिन सक्नेछन् । 

अटोमेटिक रुटबाट विदेशी लगानी स्वीकृतिसम्बन्धी सेवा उपलब्ध गराउने प्रयोजनका लागि विभागले ऐन तथा नियमावलीबमोजिम विदेशी लगानी स्वीकृतिका लागि पेस गर्नुपर्ने विवरण तथा कागजात विद्युतीयप्रणालीबाट पेस गर्न सक्नेछन् । 

विदेशी लगानी स्वीकृति लिन चाहने विदेशी लगानीकर्ताले विभागले सञ्चालन गरेको विद्युतीय प्रणाली (www.imis.doind.gov.np) मा लगइन गरी त्यसले माग गरेबमोजिमको विवरण तथा कागजात त्यस्तो प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ ।

विद्युतीय प्रणालीमा विदेशी लगानी स्वीकृतिका लागि आवश्यक विवरण तथा कागजात उल्लेख गरेपछि त्यस्तो लगानी स्वीकृतिको लागि विद्युतीय प्रणालीमा पेस गर्नु पहिले सम्बन्धित विदेशी लगानीकर्ताले उल्लेख गरेको विवरण तथा कागजात जाँच गर्नु तथा सच्याउनुपर्ने भए सच्याउन सक्नेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार