बालेनको पक्षमा उभिए साम्पाङ, भने- स्वतन्त्रहरु एक बन्ने बेला आएको छ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पक्षमा उभिएका छन् ।

पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताहरुले बालेनको कामप्रति प्रश्न उठाउँदै गर्दा साम्पाङ बालेनको पक्षमा उभिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत् शाहविरुद्ध घेराबन्दी भएको भन्दै स्वतन्त्रहरु एक हुने समय आएको बताएका छन् ।

‘कथाले माग्यो अब ! स्वतन्त्रहरु एक बन्ने बेला आएको छ ! स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ ! त्यो निन्दनीय छ ! यो बेला अरुले साथ देऊन नदेऊन तर मेरो साथ रहनेछ !’ साम्पाङले लेखेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार