मंगलबार सुनको मूल्य स्थिर, चाँदीको घट्यो

मंगलबारका लागि नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि छापावाल सुन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ रहेको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँ छ । सोमबार पनि सुनको कारोबार सोही मूल्यमा भएको थियो ।

मंगलबार चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १ हजार ६६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ६५० रुपैयाँ तोकिएको छ ।

यसअघि यही वैशाख ४ गते चाँदीको मूल्य उच्चतम प्रतितोला १ हजार ७५० रुपैयाँ पुगेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार