आज मिति २०८१ साल जेठ ८ गते ,मंगलबार, यस्तो छ तपाईको राशिफल

२०८१ जेठ ८ गते, मंगलबार २१ मे २०२४। बैशाख शुक्लपक्ष त्रयोदशी तिथि १७ः१० बजेपछि चतुर्दशी। चित्रा नक्षत्र, प्रातः ५ः४२ बजेपछि स्वाती। चन्द्रराशि तुला।

मेष : दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। परिवेश उल्लासमय रहनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। सुन्दर उपहारले प्रफुल्लित भइनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। 

वृष :मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्।

मिथुन : शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ।

कर्कट : ढंग नपुग्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। तापनि दिगो योजनामा अघि बढ्न सकिनेछ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। आर्जित द्रव्य अरूलाई दिने नभई भित्र्याउने समय छ।

सिंह : आज छोटो दुरीको लाभदायक यात्रा रहला । कामको मूल्यांकन हुने दिन छ। खानपानको अवसर प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यवसाय गर्नु हुन्छ भने सफलता मिल्नेछ।

कन्या : आज महिला वर्गबाट विशेष साथ र सहयोग मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सामाजिक क्षेत्रबाट पनि राम्रो सहयोग पाइनेछ । राम्रो आम्दानी हुने दिन छ। श्रम गरेको ठाउँबाट तपाईंको राम्रो मूल्यांकन हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट राम्रो फाइदा हुनेछ।

तुला : तपाईंको सीपको प्रशंसा हुनेछ। सामाजिक क्षेत्रमा सफलता प्राप्त हुनेछ। राजनीतिमा लाभको पद लिने अवसर छ। परिवारको साथ र सहयोग प्राप्त हुने देखिन्छ। जिम्मेवार पदमा रहेकाले धेरैले निगरानी गरिरहेको कुरा काम गर्दा ख्याल गर्नुपर्ने हुन्छ। आज स्वास्थ्यमा समस्या आउनसक्छ ।

वृश्चिक : समय चुनौतीपूर्ण देखिन्छ। कार्यसम्पादनमा अरुको साथ नहुने जोखिम देखिन्छ। काम गर्नु अगाडि कसैको पनि सल्लाह नलिनु राम्रो हुन्छ। एक्लो लगानी गर्नु भन्दा संयुक्त लगानी गर्नु फाइदा देखिन्छ। साथीभाइसँग समय बित्नेछ ।

धनु : नयाँ कामको सुरुवात नगर्नु राम्रो हुनेछ। पुराना योजनालाई निरन्तरता दिनु नै फाइदा हुनेछ। गुरुले प्रशंसा गर्ने दिन छ। आफन्त र सन्तानले साथ दिनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुनेछ। व्यापारमा राम्रै फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेत गर्दा कार्यसिद्धिको समय छ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। 

कुम्भ : शनिदेवको छाया योग चल्दै छ। जन्म कुण्डलीमा शनिदेव सकारात्मक भए राम्रोराम्रो काम बन्नेछ। जन्म कुण्डलीमा शनिदेव नकारात्मक भए झुटा आरोप लाग्ने जोखिम हुन्छ।

मीन : राम्रा मानिससँगको भेटले मनमा उत्साह बढ्नेछ। आज कमाउने भन्दा जोगाउने दिन छ। इष्टमित्र र नजिकका आफन्तबाट सचेत रहनु राम्रो हुन्छ। परिवारभित्र शंका र उपशंका बढ्ने देखिन्छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार