ज्योति विकास बैंकको विस्तारित काउन्टर नुवाकोटको कोलोनीमा

ज्योति विकास बैंकले नुवाकोटस्थित त्रिशूली शाखाअन्तर्गतको त्रिशूली कोलोनीमा विस्तारित काउन्टरको औपचारिक उद्घाटन गरेको छ ।

साे बैंकको सञ्जाल थप सुदृढ गर्ने क्रममा त्रिशूलीमा विस्तारित काउन्टरको औपचारिक सुरुवात बैंकले गरेको हो ।

विदुर नगरपालिका- ९, नुवाकोटस्थित त्रिशूली कोलोनी विस्तारित काउन्टरको उद्घाटन विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरे । उद्घाटन समारोहमा बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु ,ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति थियो ।

साे विस्तारित काउन्टर उद्घाटनको अवसरमा बैंकले त्रिशूली कोलोनी विस्तारित काउन्टरका ग्राहकहरुको निमित्त शून्य मौज्दातमै क्युआर कोड, निःशुल्क डलर कार्ड जारी, निःशुल्क मेरो सेयर रजिस्ट्रेसन, निःशुल्क डेबिट कार्ड,  निःशुल्क डिम्याट खाता, निःशुल्क मोबाइल बैंकिङ सेवा, निःशुल्क इन्टरनेट बैंकिङ सेवा , सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी, कर्जा सेवा शुल्कमा ०.२५ प्रतिशत छुटलगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार

You cannot copy content of this page