वाग्मती प्रदेश प्रमुख प्रसाईंलाई हटाएर शर्मालाई नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस

सरकारले वाग्मती प्रदेशको प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादव शर्मालाई नियुक्त गर्न सिफारिस गरेको छ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख प्रसाईंलाई हटाएर शर्मालाई नियुक्त्र गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

शर्मा  नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधव नेपालनिकट हुन् । शर्मा लामो समय नेता नेपालको स्वकीय सचिव रहेर काम गरेका थिए । नेपालले नयाँ पार्टी दर्ता गर्न बुधबार आयोगमा निवेदन दिएका थिए, उक्त पार्टी दर्ता भने भइसकेको छैन ।

यसअघि गण्डकी, लुम्बिनी र प्रदेश नम्बर २ मा नयाँ प्रदेश प्रमुख नियुक्त गर्दा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भागबन्डा गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार