कोभिड–१९ संक्रमण रोकथामका लागि बैशाख १६ गतेदेखि जारी काठमाडौं उपत्यकाको निषेधाज्ञा थप एकसाता लम्बाइएको छ ।
आइतबार बसेको काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । थप गरिएको निषेधाज्ञा असार १४ गते मध्यरातसम्म लागु हुनेछ ।
काठमाडौं, भक्तपुर र ललितपुरमा भाइरस संक्रमण उल्लेखनीयरुपमा नघटेको निष्कर्ष निकाल्दै जारी निषेधाज्ञालाई थप गरिएको काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले बताए । प्रजिअ पराजुलीका अनुसार थपिएको निषेधाज्ञामा निजी सवारीलाई जोर-बिजोर अनुसार चल्न दिइने छ ।