अस्ट्रेलियामा मोटरसाइकल दुर्घटना हुँदा नेपाली विद्यार्थीको मृत्यु

अस्ट्रेलियामा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । अस्ट्रेलियाको तस्मानियामा ललितपुर गोदावरी स्थायी घर भएका सशान्त सिग्देलको मृत्यु भएको हो । उनको मोटरसाइकल सिक्ने क्रममा मृत्यु भएको बताइएको छ ।

गैर आवासीय नेपाली सङ्घ तास्मानियाले दिएको जानकारी अनुसार सिग्देलको तास्मानियाको लन्चेस्टरमा मोटरसाइकलको लाइसेन्सको परिक्षाका लागि तयारी गर्ने क्रममा कारसँग ठोक्किएर दुर्घटना भएको हो ।

उनको घटनास्थलमै निधन भएको बताइएको छ । मृतक २०१८ देखि अस्ट्रेलियामा थिए । फेडेरेसन युनिभर्सिटी अफ मेलबर्नमा लेखासम्बन्धी उच्च अध्ययनका लागि सशान्त अस्ट्रेलिया पुगेका थिए ।  उनी पिआरका लागि मेलबर्नबाट सन् २०२० मा तास्मानिया बसाइ सरेका हुन् ।

सशान्तको भाइलाई अस्ट्रेलिया पठाउने तयारी भइरहेको छ । भाइको भिसा प्रक्रिया छिटो भएमा अस्ट्रेलियामै अन्तिम संस्कार गर्ने नभए शव नेपाल पठाउने तयारी भइरहेको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार