सलमानको कन्सर्टमा माला र मुनाको डान्स

आगामी जेठ १४ गते हुने बलिउड अभिनेता सलमान खानको सांगीतिक कार्यक्रममा नेपाली अभिनेत्रीयद्वय माला लिम्बू र मुना गौचनले प्रस्तुति दिने भएका छन् ।

आयोजक ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङका अनुसार माला र मुनाले स्टेजमा नृत्य प्रस्तुत गर्ने भएका हुन् । ‘उहाँहरुसँग मौखिक सहमति भएको छ,’ गुरुङले भने, ‘अन्य कलाकारको टुंगो लाग्न बाँकी छ ।’

मालाले यसअघि पनि सलमानको कार्यक्रममा प्रस्तुति दिने तय भएको थियो, तर कार्यक्रम स्थगित भयो । ‘यसपटक पनि स्टेजमा पर्फम गर्ने कन्फर्म छ, साइन हुन बाँकी छ,’ मालाले भनिन् ।

सलमान अभिनित फिल्मको कुनै एक चर्चित गीतसहित मालाले नेपाली गीत ‘झँकास झापाली’ र ‘काले दाइ’मध्ये कुनै एक गीतमा प्रस्तुति दिने भएकी छन् । ‘ट्रयाक फाइनल हुन बाँकी छ र केही दिनमा निधो हुन्छ,’ उनले भनिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार