लेटाङ प्रकरण : दोषीलाई कारबाही गर्ने सर्वदलीय बैठकको सहमति

कर्फ्यु खुकुलो बनाउन प्रशासनलाई अनुरोध

काठमाडौं । मोरङको लेटाङ नगरपालिकामा भिडको आक्रमणबाट महिला प्रहरी जवानको निधन भएको घटनाबारे छलफल गर्न सर्वदलीय बैठक बसेको छ । नगरपालिका परिसरमा मंगलबार बसेको बैठकले घटनामा दोषी तथा अपराधमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन सहमति गरेको छ।

बैठकपछि नगरपालिकाका मेयर शंकर राईले जारी कर्फ्युका कारण दैनिकीमा परेको असहजतालाई ध्यानमा राख्दै कर्फ्यु खुकुलो बनाउन प्रशासनलाई अनुरोध गर्ने बताए।

मेयर राईका अनुसार बैठकले यसअघि जाँते माविमा अध्ययनरत १४ वर्षीया बालिकाको हत्यापछि परिवारलाई आवश्यक राहतका लागि केन्द्र सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ। सो घटनामा बालिकाको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरिसकेको र कानुनी कारबाही प्रक्रियामा रहेको उनले जानकारी दिए।

आइतबार लेटाङको खेरुवास्थित शिक्षा विकास माविमा भएको घटनामा एक महिला प्रहरी जवानको आक्रोशित भीडले हत्या गरेको थियो। सो विद्यालयका शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत १४ वर्षीया बालिकामाथि दुर्व्यवहार गरेको घटना सार्वजनिक गरेसँगै आइतबार विद्यालय परिषर रणभूमि बन्न पुगेको थियो।

घटनाबारे विद्यालयदेखि व्यवस्थापन पक्षसमेत छलफल गरी घटना साम्य पार्नतर्फ लागेको जनाउँदै आक्रोशित भीडले आक्रमण गरेको प्रहरीको भनाइ छ।

प्रहरीको मृत्युपछि लेटाङमा कर्फ्यु आदेश जारी

लेटाङ प्रहरी मृत्यु प्रकरण : ६ जना पक्राउ

 

मोरङको लेटाङ प्रकरण : प्रहरीको मृत्यु हुनेगरी घटना कसरी भयो ?

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार