प्रहरीको मृत्युपछि लेटाङमा कर्फ्यु आदेश जारी

मोरङको लेटाङमा भएको झडप नियन्त्रणमा खटिएकी एक प्रहरी जवानको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ नगरपालिकाका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले सूचना निकालेर आज बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी काशिराज दाहालका अनुसार दक्षिणमा लेटाङ नगरपालिका ३ र ४, लेटाङ ५ का सबै क्षेत्र, उत्तरमा लेटाङ ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङेखोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्र तोकेर कर्फ्यु लगाइएको छ।

लेटाङमा एक शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको विषयमा विवाद बढ्दै गएपछि प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । आक्रोशित स्थानीयको भीडमा छुरा प्रहारबाट गम्भीर घाइते उर्मिलाको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार