लेटाङ प्रहरी मृत्यु प्रकरण : ६ जना पक्राउ

मोरङको लेटाङमा एक महिला प्रहरीको ज्यान जाने गरी आइतबार भएको झडपपछि प्रहरीले प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले यस घटनामा अनुसन्धानको लागि सोमबार ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।

मोरङ प्रहरीले नियन्त्रणमा लिएको व्यक्तिको नाममा भने गोप्य राखेको छ । केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले बताए । यस घटनाको छानबिन पनि हुने उनले बताए ।

२४ वर्षीय प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान जाने गरी भएको आइतबारको झडपपछि स्थिति तनावपूर्ण बनेकाले मोरङको लेटाङ–५, खेरुवा वरपरको क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को आदेश जारी नहुन्जेल सम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू लगाइएको छ ।

 

प्रहरीको मृत्युपछि लेटाङमा कर्फ्यु आदेश जारी

 

मोरङको लेटाङ प्रकरण : प्रहरीको मृत्यु हुनेगरी घटना कसरी भयो ?

 

मोरङको लेटाङ प्रकरण : प्रहरीको मृत्यु हुनेगरी घटना कसरी भयो ?

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार