ओलीको व्यवहार र विचारबाट प्रभावित छु -करिश्मा मानन्धर

अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन् । मंगलबार काठमाडौंको बबरमहलस्थित कार्की ब्याक्वेटमा आयोजित कार्यक्रममा उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै अभिनेत्री मानन्धरले केपी शर्मा ओली भएका कारण आफू एमालेमा आएको बताएकी छिन् । उनले ओलीको विचारबाट आफू प्रभावित भएको समेत बताइन् । अभिनेत्री करिश्माले आफू चलचित्र क्षेत्रमा सक्रिय रहँदै आए पनि यस क्षेत्रको विकासका लागि राजनीतिमा लागेको बताइन् । देशको विकास र समृद्धिका लागि एमालेबाट राजनीति गर्ने सोचका साथ पार्टी प्रवेश गरेको उनले जानकारी दिइन् । अध्यक्ष ओलीको भाषण सुनेर आफू कहिल्यै नथाक्ने बताइन् ।

यस्तै पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी नेकपा एमालेमा समाहित भएको छ । आज काठमाडौंमा आयोजित कार्यक्रमबीच सिंहले पार्टीलाई एमालेमा समाहित गराएका हुन् ।

मंगलबार नै विभिन्न पार्टी छाडेर एमाले प्रवेश गर्नेहरुलाई अध्यक्ष ओलीले स्वागत गरेका छन् । अभिनेत्री करिश्मा मानन्धर तत्कालिन नयाँँ शक्ति पार्टीबाट राजनीतिमा लागेकी थिइन् । पछिल्लो समय उनी राजनीतिमा निष्क्रिय थिइन् ।सोही कार्यक्रमबाट नेकपा माओवादी केन्द्रका पर्सा जिल्ला इन्चार्ज बाबुराम कौशिक पनि नेकपा एमालेमा प्रवेश गरेका छन् ।

अभिनेत्री मानन्धर र पूर्वमन्त्री सिंह आफ्नो समूहसहित भोलि एमाले प्रवेश गर्ने

 

पूर्वमन्त्री सिंह र करिश्मा मानन्धरसहित विभिन्न दलका नेता एमालेमा प्रवेश

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार