पूर्वमन्त्री सिंह र करिश्मा मानन्धरसहित विभिन्न दलका नेता एमालेमा प्रवेश

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन् । मंगलबार काठमाडौंको बबरमहलस्थित कार्की ब्याक्वेटमा आयोजित कार्यक्रममा उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । यस्तै पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी नेकपा एमालेमा समाहित भएको छ । आज काठमाडौंमा आयोजित कार्यक्रमबीच सिंहले पार्टीलाई एमालेमा समाहित गराएका हुन् ।

मंगलबार नै विभिन्न पार्टी छाडेर एमाले प्रवेश गर्नेहरुलाई अध्यक्ष ओलीले स्वागत गरेका छन् । अभिनेत्री करिश्मा मानन्धर तत्कालिन नयाँँ शक्ति पार्टीबाट राजनीतिमा लागेकी थिइन् । पछिल्लो समय उनी राजनीतिमा निष्क्रिय थिइन् ।सोही कार्यक्रमबाट नेकपा माओवादी केन्द्रका पर्सा जिल्ला इन्चार्ज बाबुराम कौशिक पनि नेकपा एमालेमा प्रवेश गरेका छन् ।

अभिनेत्री मानन्धर र पूर्वमन्त्री सिंह आफ्नो समूहसहित भोलि एमाले प्रवेश गर्ने

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार