पाकिस्तान र क्यानाडामा राष्ट्रिय प्रजातन्त्र दिवस मनाइयो

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा पाकिस्तान र क्यानाडामा विविध कार्यक्रम आयोजना गरिएका समाचार प्राप्त भएका छन् ।

इस्लामावाद र ओटावास्थित नेपाली राजदूतावासमा सामूहिकरुपमा राष्ट्रिय गान गाएर प्रारम्भ गरिएका ती कार्यक्रममा प्रजातन्त्र प्राप्तिको आन्दोलनमा वीरगति प्राप्त गरेका ज्ञात÷अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

स्तानका लागि नेपाली राजदूत तापस अधिकारी र क्यानाडास्थित नेपालका राजदूत भृगु ढुङ्गानाले नेपालमा नागरिक हक, अधिकार प्राप्त भएको एवम् प्रजातन्त्रको प्रवद्र्धन गर्ने जिम्मेवारी समेत नेपाली जनतामा आएको दिनको स्मरण गर्दै स्वदेश र विदेशमा रहेका सबै नेपालीले नागरिक शासनको मर्मलाई आत्मसात गर्दै मुलुक निर्माणमा आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सङ्कल्प गर्ने दिन हो भनेको ओटावा र इस्लामावादस्थित नेपाली दूतावासले बेग्लाबेग्लै प्रेस विज्ञप्ति निकालेर आज जनाएका हुन् ।

राजदूत अधिकारीले नेपाल–पाकिस्तान सम्बन्धलाई पारस्परिक लाभका खातिर अझ प्रगाढ तुल्याउन आफू क्रियाशील रहेको बताएका थिए । राजदूत ढुङ्गानाले आर्थिक कूटनीतका माध्यमबाट मातृभूमि नेपालको सामाजिक–आर्थिक रुपान्तरणमा सघाउन हरसम्भव प्रयत्न गर्ने दृढता व्यक्त गरे । उनले गैरआवासीय नेपालीलाई आफूले सिकेका सीप र ज्ञान नेपालको समृद्धिका निम्ति उपयोग गर्न आह्वान पनि गरेका छन् ।

पाकिस्तानमा नेपाली समुदायका तर्फबाट डा ठाकुरप्रसाद तिवारीले आफ्नो मन्तव्य राखेका थिए भने क्यानाडामा गैरआवासीय नेपाली सङ्घका महासचिव अनुप सुवेदीले प्रजातान्त्रिक मूल्यमान्यताको प्रवद्र्धनबाटै उन्नत समाज निर्माणमा योगदान पुग्ने बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार