दुर्घटनामा परेर दुबईमा नेपाली नर्सको मृत्यु, अर्की एक घाइते

यूनाइटेड अरब इमिरेट्स (यूएई) मा कार्यरत एक नेपाली नर्सको सडक दुर्घटनामा परेर मृत्यु भएको छ पोखरा घर भई हाल यूएईको रस अल खेमाहमा कार्यरत जेनिसा गुरुङको मंगलबार बिहान मृत्यु भएको हो ।

दुर्घटनामा अर्की एक नेपाली नर्स र पाकिस्तानी ड्राइभर सामान्य घाइते भएका छन् । काममा जाने क्रममा तीव्र गतिमा रहेको गुरुङ चढेको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । गुरुङको शव स्थानीय साकार अस्पतालमा राखिएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार