न्यायालयको ‘डेडलक’ फुकाउन तयार नभएपछि महाअभियोग दर्ता -देव गुरुङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेत देव गुरुङले न्यायालयको ‘डेडलक’ फुकाउन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मार्गप्रशस्त नगरेपछि महाअभियोग दर्ता गर्नु परेको बताएका छन्। प्रस्ताव दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले भने, ‘न्यायालयको कार्यभार पूरा गर्न सक्नु भएन । निश्पक्ष न्याय सम्पादन गर्न र न्यायालयको स्वच्छ छवि स्थापित गर्न सक्नु भएन ।’

जबराविरुद्ध पाँच दलीय गठबन्धनका ९८ सांसदले आइतबार मात्र महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।

लामो समयसम्म न्यायालयको समस्या अदालतभित्रबाट हल होस् भन्ने चाहेको भए पनि प्रधानन्यायाधीश जबराले निकास नदिएको उनले बताए । ‘निकास दिन सक्ने अवसर छ, मार्ग प्रशस्त गर्ने अवसर छ । डेडलक खुलाउन सक्ने आधार सम्भावना छ भनेर विभिन्न ढंगले आग्रह पनि गरेको हौं’ उनले भने, ‘डेडलक फुकाउन तयार हुनु भएन । बाध्य भएर यो कदम चाल्नुपर्ने अवस्था आयो ।’

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता,९८ जना सांसदले गरे हस्ताक्षर

प्रधानन्यायाधीश राणा निलम्बनमा

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार