प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ। जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको हो। मन्त्रिपरिषद्मा भागबन्डा खोजेको लगायतका कारण विवादित बन्दै आएका जबराविरुद्ध नेपाल बार एसोसियसनले १०७ दिनदेखि आन्दोलन गरिरहेको छ।

प्रस्तावमाथि ९८ जना सांसदले हस्ताक्षर गरेका छन्। कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित सत्तारुढ दलका सांसद महाभियोग प्रस्ताव लिएर संसद् सचिवालय पुगेका थिए ।  महाभियोग प्रस्ताव लिएर पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ, गगन थापालगायत सांसद संसद् सचिवालय पुगेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार