वेस्टइन्डिजविरुद्ध नेपालले टस हारेर पहिला फिल्डिङ गर्दै, दीपेन्द्रले कप्तानी गर्ने

वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजको तेस्रो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजले टस जितेर ब्याटिङ रोजेसँगै नेपालले पहिले फिल्डिङ गर्ने भएको हो । सिरिजका तीनै खेलमा नेपालले पहिले फिल्डिङ गरिरहेको छ ।

आजको खेलमा नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्दै छन् । नियमित कप्तन रोहित पौडेल विश्राममा बसेसँगै नेपालको कप्तानी दीपेन्द्रले गर्ने भएका हुन् ।

नेपालको सुरुवाती ११:
दीपेन्द्रसिंह ऐरी (कप्तान), लोकेश बम, विनोद भण्डारी, अनिलकुमार शाह, कुशल मल्ल, आरिफ शेख, गुल्शन झा, विवेक यादव, करण केसी, सागर ढकाल र कमलसिंह ऐरी ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार