वेस्टइन्डिजविरूद्धको खेलमा दीपेन्द्रले कप्तानी गर्दै

दीपेन्द्रसिंह ऐरीले तेस्रो टी-२० खेलमा वेस्टइन्डिज ‘ए’ विरुद्ध कप्तानी गर्ने भएका छन् । आज नियमित कप्तान रोहित पौडेललाई विश्राम दिइएको छ । पाँच खेलको सिरिज एक/एक को बराबरीमा छ । आजको खेलमा कप्तान पौडेलसिहत कुशल भुर्तेल, सोमपाल कामी र प्रतिश जिसीलाई आराम दिइएको छ ।

वेस्टइन्डिज ‘ए’ विरुद्ध टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा वेस्टइन्डिज ‘ए’ का कप्तान रोश्टन चेशले टस जितेर ब्याटिङ रोजेका हुन् ।

नेपालको प्लेइङ ११ :

लोकेश बम, विनोद भण्डारी, अनिल कुमार शाह, कुशल मल्ल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, विवेक यादव, करण केसी, सागर ढकाल र कमलसिंह ऐरी ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार