नागरिकता विवादमा कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

नागरिकता विवादमा परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियालाई पक्राउ गर्न धनुषा जिल्ला प्रहरी कार्यालयलाई अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत धनुषााका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले मंगलबार सिरोहियाका नाममा पक्राउ पुर्जी जारी गरेको हो।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको नागरिकता नम्बरमै अर्का व्यक्तिको पनि नागरिकता पाइएको भनी गत वैशाख तेस्रो साता जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको थियो।

यता, नागरिकतासम्बन्धी विवादमा सिरोहियाले गृह मन्त्रालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । रिटमा गत २५ वैशाखमा न्यायाधीश टेक प्रसाद ढुंगानाको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार