विश्वकपका कप्तान र उपकप्तान भएको मुम्बई इन्डियन्स आईपीएलको प्लेअफ होडबाटै बाहिरियो

भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा भारतका तर्फबाट विश्वकपमा ठाउँ बनाएका चार खेलाडी रहेको टिम मुम्बई इन्डियन्स प्लेअफ छनोटको सम्भावनाबाट बाहिरिएको छ ।

१० टोलीबीच प्रतिस्पर्धा भइरहेकामा चार टोली उपाधिका लागि प्लेअफ चरणमा पुग्नेमा मुम्बई पुछारबाट दोस्रो स्थानमा रहेर प्लेअफ होडबाट बाहिरिएको हो ।

मुम्बईबाट भारतीय टिमका टी–२० विश्वकपका कप्तान रोहित शर्मा, उपकप्तान हार्दिक पाण्डेया, सूर्यकुमार यादव र जसप्रित बुमराह रहेका छन् । तर त्यही टिम भने आईपीएलमै कमजोर सावित भएको छ ।

पाँच पटकको च्याम्पियन मुम्बईलाई गएरातिको खेलमा लखनउ सुपर जाइन्टसले ४ विकेटले हरायो । पहिले ब्याटिङ गरेको मुम्बईले ७ विकेटको क्षतिमा १४४ रन बनायो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार