कुमारी बैंकले ल्यायो नयाँ वर्ष २०८१ को लागि क्यासब्याक अफर

कुमारी बैंकले नयाँ वर्ष २०८१ को अवसरमा क्यासब्याक अफर घोषणा गरेको छ । अफरमा पीओएस भुक्तानी र अनलाइन कारोबारका लागि बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २०८१ रुपैयाँ वा कारोबार रकमको २५ प्रतिशत रकम फिर्ता पाउने छन् ।

क्यूआर भुक्तानीमार्फत कारोबार गर्ने मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले क्यासब्याक अफरको फाइदा उठाउन सक्ने कम्पनीले जनाएको छ ।यो योजना २०८१ वैशाख १ गते बिहान ८ बजेदेखि राति ११ः५९ बजेसम्म लागु हुने बैंकले जनाएको छ । तोकिएको समयावधिभित्र कारोबार गर्ने पहिलोे ४० जना कार्ड प्रयोगकर्ता र पहिलो ४० जना मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार