दैनिक पाँच हजार लाईसेन्स प्रिन्ट भैरहेको छ: उपप्रधानमन्त्री महासेठ

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आफूले मन्त्रालयको नेतृत्व सम्हालेपछि दैनिक पाँच हजार ड्राईभिङ लाईसेन्स प्रिन्ट भैरहेको दाबी गरेका छन् ।

आज (बिहीबार) बसेको प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो जानकारी गराएका हुन् । मन्त्री महासेठले लाईसेन्स प्रिन्टको समस्या छिट्टै समाधान हुने विश्वास दिलाए । तर, ‘पेन्डिङ’ सबै लाइसेन्स छाप्न अझै १२/१३ महिना लाग्ने उनको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार