आइएमई लाइफको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, ३३ करोड बढी नाफा कमायो

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । त्रैमाससम्म कम्पनीको खुद नाफा ३३ करोड १५ लाख ६० हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ७५।७९ प्रतिशतले बढेको हो ।

गत वर्ष सोही अवधिसम्म कम्पनीले १८ करोड ८६ लाख १३ हजार खुद नाफा गरेको थियो । चालू आर्थिक वर्षको त्रैमाससम्म कम्पनीले ३ अर्ब २९ करोड १५ लाख कुल बिमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बिमाशुल्क आर्जन १०।२४ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ९८ करोड ५८ लाख कुल बिमाशुल्क आर्जन गरेको थियो । त्रैमासिक अवधिमा कम्पनीले ३ अर्ब ११ करोड ५६ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ८९ करोड ४ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बिमाशुल्क आर्जन ७।७९ प्रतिशत बढी हो ।

चुक्ता पुँजी ४ अर्ब रुपैयाँ रहेको कम्पनीले चालू आर्थिक वर्षको समीक्षा अवधिमा सेयर प्रिमियम शीर्षकमा १ अर्ब ५३ करोड रुपैयाँ सञ्चित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्ति कोषमा १५ करोड ९१ लाख र सञ्चित जगेडा कोषमा ८५ करोड ९२ लाख रुपैयाँ छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ११ रुपैयाँ ५ पैसा छ भने प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ २५ पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार