वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार, गुमायो सिरिज

वेस्टइन्डिज ‘ए’ले चौथो टी २० खेलमा घरेलु टोली नेपाललाई २८ रनले हराउँदै एक खेल अगावै सिरिज जितेको छ ।

पाँच खेलको सिरिजमा वेस्टइन्डिज ३–१ ले अघि छ । पहिलो खेल ४ विकेटले जिते पनि नेपाल त्यसपछि लगातार तीन खेलमा पराजित भयो ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा वेस्ट इन्डिजले प्रस्तुत गरेको २१० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर खेले पनि १८१ रनमात्र बनाउन सक्यो ।

सिरिजको दोस्रो खेलमा १० रनले पराजित भएको नेपाल तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो । अब यी दुई टिमबीचको अन्तिम खेल शनिबार हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार