घरको भित्तामा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु

चितवनमा मोटरसाइकल दुर्घटनामा परी गए राति दुई युवकको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–४ स्थित वडा कार्यालयनजिक भित्री सडकखण्डमा ना२२प ३४४४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा रत्ननगर–३, बन्सीका १८ वर्षीय सुमित महतो र सोही ठाउँका २२ वर्षीय जीवन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । राति करिब ११ः५५ बजे उक्त मोटरसाइकल अनियन्त्रित भई स्थानीय सुमन गदालको घरको भित्तामा ठोक्किएको थियो ।

बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार, मोटरसाइकलमा सवार उनीहरू दुवैजनाले हेलमेट लगाएका थिएनन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका निम्ति भरतपुर अस्पतालमा पठाइएको थियो । उनीहरुको उपचारका क्रममा गए राति नै मृत्यु भएको हो ।

दुईमध्ये दुर्घटनाका बेला मोटरसाइकल कसले चलाएका थिए भन्ने खुलेको छैन । उक्त घरको भित्तामा समेत क्षति भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार