‘बलिदान’ मा ऋचा शर्मा अनुबन्धित

चलचित्र ‘बलिदान’मा अभिनेत्री ऋचा शर्मा अनुबन्धित भएकी छन् । सिनेमाका निर्माता सन्तोष सेनले बिहीबार ऋचासँग कागजी सम्झौता गरेका हुन् ।

सिनेमामा परिचित अनुहारलाई अनुबन्धित गराइरहेको यो सिनेमामा ऋचाको भूमिकाका बारेमा कुनै जानकारी दिइएको छैन । निर्माणपक्षले सिनेमामा उनी मुख्य भूमिकामा अनुबन्धित भएको जानकारी दिएको छ ।

वैशाखको अन्तिम साताबाट फ्लोरमा जाने सिनेमामा डेब्यू अभिनेता समिर भट्टको प्रमुख भूमिकामा हुने बताइएको छ । सिनेमाले राजीतिक-सामाजिक विषयको कथा सिनेमामा पेस गर्नेछ ।

सिनेमामा यसअघि नै सौगात मल्ल र अर्पण थापा मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन् । आसुसेन फिल्मस् तथा सन्तोष सेनको प्रस्तुतिमा बन्न लागेको फिल्मको निर्मातामा पवन ब्राडफोर्ड बिस्ट र सह-निर्माता प्रेम पुरी छन् ।

फिल्मलाई आगामी दशैंको फूलपाती, असोज २४ मा रिलिज हुने निर्माणक्षले घोषणा गरिसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार