गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी

गायक रवि ओडविरुद्ध बलात्कारको मुद्दा दायर भएको छ । कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा उनकै श्रीमतीले केहि दिनअगाडी बलात्कारको जाहेरी दिएकी हुन् ।

कृष्णपुर नगरपालिका, गुलरिया घर भएका गायक ओडविरुद्ध अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ओड गायन रियालिटी शो नेपाल आइडल सिजन २ का विजेता पनि हुन् ।

हाल उनको श्रीमतीको मेडिकलको प्रक्रिया भइरहेको र थप अनुसन्धान भइसकेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार