राजेशपायलले गरे पत्नी साङबुङसँग सम्बन्धविच्छेद

चर्चित गायक राजेश पायल राईले सम्बन्धविच्छेद गरेका छन् । उनले पत्नी साङबुङ राईसँग गत चैत १५ गते आपसी सहमतिमै काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद गरेका हुन् ।

न्यायाधीश पदमराज पाण्डेको एकल इजलासले सम्बन्ध विच्छेदको फैसला गरेको हो । गायक राईले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका थिए ।

सम्बन्धविच्छेदका क्रममा गायक राजेशपायलले साङबुङलाई नक्सालमा तीनआना जग्गामा बनेको करिब ५ करोड मूल्यको घर दिएका छन् । त्यसैगरी सम्बन्धविच्छेदका क्रममा उनले साङबुङलाई ५० लाख रुपैयाँ नगद पनि दिने सहमति अदालतमै गरेका छन् ।

राजेश पायल र साङबुङका एक छोरा छन् । ती छोरालाई १८ वर्षको उमेर नहुन्जेलसम्मलाई मासिक १५ हजार रूपैयाँ दिने र छोराको पढाइको खर्च राजेशपायलले व्यहोर्ने छन् ।

​आफ्नो वैवाहिक जीवन गोप्य राखेका राजेशपायलले नै साङबुङसँग सम्बन्धविच्छेदको मुद्दा हालेका थिए । राजेश र साङबुङ केही वर्षदेखि लिभइन टुगेदरमा बस्दै आएका थिए । २०७८ साल असोज महिनामा यी दुईबीच विवाह दर्ता भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार