तुलसी शिवाकोटीको ‘काठमाडौँमा’ बोलको गीत सार्वजनिक

गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘काठमाडौँमा’ सार्वजनिक भएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रम बीच राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित साहित्यकार रामबाबु सुवेदी र संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटाले सयुक्त रुपमा गीतको विमोचन गरे ।

लामो समयदेखि युरोपमा बस्दै आएका गायक सिवाकोटीको स्वर रहेको गीत ‘काठमाडौँमा’ मा संगीतकार दीपक शर्माको शब्द र संगीत रहेको छ । त्यसैगरी नरेन्द्र वियोगीले गीतलाई एरेन्ज गरेका हुन् ।

विशेषत: सुदुरपश्चिम र कर्णालीबाट काठमाडौँको जीवनशैली नियाल्न खोजिएको गीतमा नेपाली ठेट शब्द र लयलाई प्रयोग गरिएको छ । प्रहिल कार्की निर्देशित गीतको भिडिओमा शिवाकोटी र रोशनी कार्कीको अभिनय रहेको छ ।

कार्यक्रममा शिवाकोटीले सर्जकहरुलाई पनि सहयोग होस् भनेर आफुले हरेक पटकका स्टेज शोमा ‘काठमाडौँमा’ गीतलाई गाउँदा यसका सर्जक दीपक शर्मालाई पनि केही प्रतिशत रकम छुट्याएर हस्तान्तरण गरिने घोषणा गरे। सो कार्यको संगीतकार चेतन सापकोटाले पनि प्रसंसा गरे ।

उत्तम हुमागाईंको सिनेमाटोग्राफी रहेको भिडिओलाई माधव बेल्बासेले सम्पादन गरेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार