गरिमा विकास बैंक र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपालबीच सम्झौता

गरिमा विकास बैङ्क लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) बिच सदस्य संस्थाहरूलाई बैङ्कले उपलब्ध गराउँदै आएको विभिन्न प्रकारका कर्जामा सहुलियत सहित सेवा उपलब्ध गराउने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैङ्कको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र टानको तर्फबाट अध्यक्ष नीलहरि बास्तोलाले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पत्रमार्फत टानका सदस्यहरूलाई गरिमा विकास बैङ्क लिमिटेडले अधिकतम रु ५० लाख सम्म गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सहुलियत ब्याजदरका साथ उपलब्ध गराउनेछ र साथै रु ५ लाख सम्म को बैङ्क ग्यारेन्टी मात्र १०% को नगद मार्जिनमा उपलब्ध गराउनेछ । यी सेवाहरूले गर्दा टान सदस्यहरूलाई व्यापार व्यवसायमा सहजीकरण हुने बैङ्कले विश्वास लिएको छ । साथै यस सम्झौता पश्चात् टानले गरिमा विकास बैङ्कलाई बैंकिङ्ग पार्टनरको रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैङ्क लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएम मार्फत ग्राहकहरुलार्ई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार