इलाम -२ को उपनिर्वाचनमा ३० प्रतिशत मत खस्याे

इलाम–२ को उपचिर्वाचनमा ३० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बिहान सवा १२ बजेसम्म ३० प्रतिशत मतदान भएको जानकारी दिए ।

बिहान ७ बजेदेखि चलिरहेको मतदान प्रक्रिया शान्तिपूर्ण रुपमा अघि बढिरहेको घिमिरेले बताए । शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न ७४५ कर्मचारी, एक हजार ५२३ नेपाल प्रहरी, ७१० सशस्त्र प्रहरी बल, ४५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना परिचालन भएका उनले बताए।

यो चुनावमा एक लाख १५ हजार ८८९ मतदाता कायम भएका छन्। आयोगका अनुसार ५९ हजार १८ पुरुष, ५६ हजार ८६९ महिला र दुई जना तेस्रोलिङ्गी छन्।

नेकपा एमालेका तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त स्थानका लागि इलाम९२ मा निर्वाचन हुन लागेको हो। यहाँ १९ जना चुनावी प्रतिस्पर्धामा छन्।

नेकपा एमालेबाट सुहाङ नेम्बाङ, कांग्रेसबाट डम्बरबहादुर खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बू थेगिम लगायत चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार