ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर सरस्वती क्याम्पस परिसरमा

काठमाडौं। ग्लोबल आइएमई बैंकले ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पस परिसरमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

सेवाग्राहीको बढ्दो चाप र आवश्यकतालाई लक्षित गर्दै नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैंकले बताएको छ। नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ, रेमिट्यान्स सुविधालगायत सबै किसिमका बैंकिङ सेवा उपलब्ध हुनेछन्।

बैंकले हाल ३५४ शाखा, ३७९ एटिएम, २७७ शाखारहित इकाइ, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट बैंकिङ सेवा दिँदै आएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार